धनकुटा ।धनकुटामा ‘मिस धनकुटा २०८३’ सौन्दर्य प्रतियोगिता आयोजना हुने भएको छ। रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेन्मेन्ट प्रा.लि. र टिन्स क्रिउ डान्स सेन्टर धनकुटाको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकले पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा १६ देखि २७ वर्ष उमेर समूहका युवतीहरूले सहभागिता जनाउन सक्ने जानकारी दिएको छ। सहभागी नेपाली नागरिक हुनुपर्ने, न्यूनतम प्लस–टु वा सोभन्दा माथिको शैक्षिक योग्यता हासिल गरेको तथा ५ फिट वा सोभन्दा बढी उचाइ भएको हुनुपर्ने मापदण्ड तोकिएको छ।
प्रतियोगितामा सहभागी युवतीहरूको आत्मविश्वास, बौद्धिक क्षमता, सार्वजनिक वक्तृत्वकला, नेतृत्वदक्षता, सामाजिक चेतना, सिर्जनशीलता तथा निर्णय क्षमता लगायतका पक्षहरूको समेत मूल्याङ्कन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत व्यक्तित्व विकाससँगै सक्षम र प्रतिभावान युवतीहरूलाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।
प्रतियोगितामा प्रथम हुने प्रतियोगीले नगद रु. १ लाख, क्राउन, म्युजिक भिडियोमा अभिनय गर्ने अवसर, गिफ्ट ह्याम्पर तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी द्वितीय हुनेले नगद रु. ५० हजार, प्रमाणपत्र तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् भने तृतीय हुनेले नगद रु. २० हजार, क्राउन, प्रमाणपत्र र अन्य आकर्षक पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय