धनकुटा,भदौ ११ । धनकुटाको चौबिसे गाउँपालिका–७ ठूलोढुंगामा छोराको कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ
हरीका अनुसार बिहीबार बिहान करिब ५ः४५ बजे ३२ वर्षीय युवराज लिम्बुले आफ्नै बुबा ७० वर्षीय अमरध्वज लिम्बुको टाउकोमा काठको दाउरा (चिरपट) प्रहार गरेका थिए। गम्भीर घाइते भएका अमरध्वजको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घटनाबारे बिहान ६ः१५ बजे मौनाबुधुकस्थित अस्थायी प्रहरी बिटमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक जयप्रकाश रायको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। त्यसैगरी इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षक विजय थापाको कमाण्डमा समेत प्रहरी टोली खटिएको थियो।

घटनाको थप अनुसन्धान, खोजतलास तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रंजितकारको कमाण्डमा SOCO सहित १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

खोजतलासका क्रममा अभियुक्त युवराज लिम्बु घरबाट करिब ५०० मिटर दक्षिणतर्फ रहेको जंगलमा लुकेर बसेको अवस्थामा फेला परेका थिए।

प्रहरीले उनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय