रसुवा — बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले बिहानैदेखि विशेष अभियान सञ्चालन गरिरहेको छ।
अत्यन्त जोखिमपूर्ण र कठिन भौगोलिक अवस्थाबीच सेनाको उद्धार टोलीले सुरुङभित्रबाट हालसम्म दुई जनालाई सकुशल बाहिर निकाल्न सफल भएको छ। सुरुङभित्र अझै कति जना रहेका छन् भन्ने यकिन हुन नसकेकाले खोज तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
सुरुङको साँघुरो तथा चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै नेपाली सेनाले विशेष तालिमप्राप्त जनशक्ति र आवश्यक प्राविधिक उपकरण परिचालन गरेको छ। सम्भावित जोखिमबीच पनि सुरुङभित्र रहेका अन्य व्यक्तिको अवस्था पत्ता लगाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास जारी छ।

Photo by – Nepal Army












