काठमाडौं — तामाङ साङ्गीतिक क्षेत्रमा सक्रिय शब्दकार धनराज लामाको ३७औं शब्द रचना समावेश गरिएको नयाँ तामाङ ठाट्यौली दोहोरी गीत “सिन्धुपाल्चोके किङ” सार्वजनिक हुने तयारीमा रहेको छ। गीत लोकप्रिय गायक मधुर योन्जनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।

यस गीतमा शब्द रचना धनराज लामाको रहेको छ भने संगीत चेतन लामाले भरेका छन्। संगीत संयोजन र संगीत समिश्रणको जिम्मेवारी चर्चित संगीतकर्मी सानुबाबु घिसिङले सम्हालेका छन्। गीतमा स्वर युवा गायक आशिष मोक्तान र चर्चित गायिका सुमिना लोको रहेको छ।

गीत काठमाडौंको बौद्धस्थित फ्याफुल्ला नेपाल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने प्रस्तुतकर्ता स्वयं मधुर योन्जन रहेका छन्।

गीतमा दुई जना युवा–युवतीबीचको माया, प्रेम र अन्ततः खुशीपूर्वक विवाहमा पुग्ने कथालाई दोहोरी शैलीमा रमाइलो ढंगले प्रस्तुत गरिएको छ। यसले तामाङ संस्कृति र प्रेम जीवनशैलीलाई सांगीतिक माध्यमबाट प्रभावशाली रूपमा उजागर गर्ने प्रयास गरिएको छ।

गीत छिट्टै सार्वजनिक हुने तयारीमा रहेको हुँदा दर्शक, स्रोताहरूले मधुर योन्जन युट्युब च्यानलमार्फत हेर्न सुन्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय