काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी दोलखा काठमाडौं सम्पर्क समन्बय समिति अन्तर्गत रहेको दलित मुक्ति मोर्चाको दोस्रो भेला पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल दलित मुक्ति मोर्चाका इन्चार्ज पर्शुराम रामतेल रहेका थिए। सो अवसरमा नेकपा (माओवादी केन्द्र) दोलखाका इन्चार्ज विशाल खड्का लगायत जिल्लाका विभिन्न नेताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेलाले दल बहादुर गजमेरको अध्यक्षतामा २५ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ। समितिमा उपाध्यक्षमा सिताराम घतानि, रामकृष्ण त्रिखत्री र कमल सेन्चुरी चयन भएका छन् भने सचिवमा राजेश नेपाली, सहसचिवमा समिर घतानी र कोषाध्यक्षमा मन्दिरा खाती निर्वाचित भएका छन्।












