दोलखा ,शैलुङ । नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड र दोलखाको शैलुङ गाउँपालिका अन्तर्गत शैलुङ अस्पतालबीच स्वास्थ्य बीमा सेवा सञ्चालन सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज कप्ले र शैलुङ अस्पतालका मेडिकल अधिकृत डा. अनुराग पोखरेलले हस्ताक्षर गर्नुभएको हो। सम्झौता कार्यक्रमपछि गाउँपालिका अध्यक्ष रिमाल बाबु श्रेष्ठले स्वास्थ्य बीमा कार्यक्रममार्फत शैलुङका जनताले प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गर्नुभयो।

यससँगै शैलुङ अस्पतालमा स्वास्थ्य बीमा सेवा छिट्टै सुचारु हुने भएको छ। सेवा सञ्चालनमा आएपछि शैलुङ तथा आसपासका नागरिकलाई उपचारमा सहज र किफायती सुविधा प्राप्त हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय