दोलखा, जिरी।दोलखाको जिरी नगरपालिकामा मेयर मित्रबहादुर जिरेलका लागि ८० लाख रुपैयाँको सवारी साधन खरिद विषयलाई लिएर विवाद उत्पन्न भएको छ।
नगरसभामा पेश भएको सो प्रस्ताव अन्तिम समयमा प्रमुख प्रशासकीय अधिकृतको चोरी बाटोमार्फत प्रस्तुत गरिएको भन्दै नेकपा (माओवादी केन्द्र) जिरी नगर समितिले आपत्ति जनाएको छ। उक्त समिति सचिव खेटराज घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा सवारी साधन खरिदबारे छलफल नगरिकन हतारमा नगरसभा सम्पन्न गरिएको आरोप लगाइएको छ।

प्रेस विज्ञप्तिमा भनिएको छ, “नगरपालिकाले जनहितविपरीत गरिएको यस कदमले जिरीवासीको विश्वासमा आघात पुगेको छ।” साथै, आन्तरिक आम्दानी १ करोड पुग्न नसकेको अवस्थामा ८० लाख रुपैयाँको गाडी खरिद गर्नु गैर जिम्मेदार भएको समितिको दाबी छ।
माओवादी केन्द्र जिरी नगर समितिले नगरपालिकाका कार्यपालिका बैठक बहिष्कार गर्ने निर्णय समेत गरेको छ।













