दोलखा । काठमाडौं महानगरपालिकाले रोकिएको एक वर्षपछि एम्बुलेन्स वितरण कार्य सुरु गरेको छ । मंगलबारदेखि सुरु गरिएको कार्यक्रममा पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिएको हो ।

सोही क्रममा दोलखाको शैलुङ गाउँपालिकाले समेत एउटा एम्बुलेन्स प्राप्त गरेको गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पछाडि परेका स्थानलाई प्राथमिकता दिइएकाले शैलुङले पनि यसपटक एम्बुलेन्स पाएको हो ।

अध्यक्ष श्रेष्ठले सुनौलो समाजसँग कुरा गर्दै भन्नुभयो, अबदेखि शैलुङ गाउँपालिकामा कोही पनि स्वास्थ्य सेवाकोअभावमा जीवन गुमाउन नपर्ने भएको

एम्बुलेन्स प्राप्त भएपछि गाउँपालिकाभित्र आकस्मिक स्वास्थ्य सेवामा सहजता हुने र बिरामीलाई समयमै उपचारका लागि नजिकैका स्वास्थ्य संस्थासम्म पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय