ललितपुर । चाडपर्वको समयमा हुन सक्ने खाद्यवस्तुको कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि संयुक्त बजार अनुगमन समितिले नियमित रुपमा बजार अनुगमन गरिरहेको छ।

यसैक्रममा २०८२ असोज ७ गते ललितपुर महानगरपालिका–भैंसेपाटीस्थित ३ वटा खाद्य स्टोरमा अनुगमन गर्दा कूल रु ३० हजार जरिवाना गरिनुका साथै नियम पालनाका लागि सचेत गराइएको छ।

त्यसैगरी आज  लपुमनपाका ४ वटा अस्पतालका क्यान्टिनमा अनुगमन गर्दा सरसफाईमा कमजोरी, सुरक्षित तरिकाले खानेकुरा भण्डारण गर्ने ज्ञानको अभाव जस्ता कैफियत देखिएको समितिले जनाएको छ। सो क्रममा ती क्यान्टिनहरुमाथि कूल रु १ लाख ५० हजार जरिवाना गरिएको छ।

समितिले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खानेकुरा उपलब्ध गराउन आगामी दिनमा पनि अनुगमनलाई थप सशक्त बनाइने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर