सिन्धुपाल्चोक/ १२ असोज: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले जेन जेड आन्दोलनमा बाह्य र देश द्रोही शक्तिहरुका साथै नेपालको हीत नचाहने शक्तिहरु सक्रिय भएको धारणा राख्नुभएको छ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिद्वारा शनिबार आयोजित विजया दशमी, शुभदिपावली, नेपाल सम्बत ११४६ को उपलक्ष्यमा आयोजित नेता कार्यकर्ता भेटघाट कार्यक्रममा मन्तव्य राख्नुहुँदै पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने जेन जेडहरूको माग थियोे भन्दै जेन जेडको आन्दोलनमा धमिलो पानीमा माछा मार्नेहरु सक्रिय भएको बताउनुभयो।
“देशमा विभिन्न किसिमका घटनाहरु घटेका छन्,  जेन जेड आन्दोलनको नाममा देशमा अराजक गतिविधिहरु पनि संगसंगै भए,  जेड जेडहरु आफैंमा नराम्रा थिएन्, उनीहरुका मागहरु जायज थिए।” उहाँले भन्नुभयो।
उहाँले नेपाली कांग्रेसको नेतृत्वमा भएको कुनै पनि आन्दोलनले यस्ता किसिमका गतिविधिहरु गर्न दिएको थिएन भन्दै यो आन्दोलनबाट राष्ट्रले धेरै ठूलो क्षति व्यहोर्नुपर्नु परेको बताउनुभयो।
“नेपाली कांग्रेसले यो देशमा २००७ साल, २०१७, १०३६, २०४२ र २०४६ सालमा समेत आन्दोलन भएर परिवर्तनको नेतृत्व गर्ने काम गर्यो, ती आन्दोलनले नेपालमा ठूलो परिवर्तन गर्ने काम गरेको थियो, तर अहिले जेन जेड आन्दोलनमा नेतृत्वविहिन भएको परिस्थितिले अराजक गतिविधिहरु बढेर धमिलो पानीमा माछा मार्ने काम भयो, बाह्य र देश द्रोही शक्तिहरुका साथै नेपालको हीत नचाहने शक्तिहरु सक्रिय भए, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, संसद भवन लगायतका महत्त्वपूर्ण संवैधानिक संरचनाहरु जलाउने काम गरे, माओवादी आन्दोलनका कारण देश १५ बर्ष पछाडि धकेलिएको थियो भने याे आन्दोलनले देश ३० वर्ष पछाडि धकेलिएको छ।” उहाँले भन्नुभयो।

बस्नेतले नेपाली कांग्रेसको इतिहासले मुलुक र जनताप्रति अहित हुने काम गर्न निशेध गरेको छ भन्नुभयो।
“आन्दोलनको नाममा प्रहरीहरु मार्ने जस्ता घृणित काम भएको छ, आन्दोलनका नाममा भएको क्षतिपूर्ति मृतक प्रहरीका परिवारले पनि पाउनुपर्छ, आन्दोलनका क्रममा निर्दोष मानिसहरुमाथि कसले गोली चलाएको भनेर निष्पक्ष छानबिन हुनुपर्छ।” उहाँले भन्नुभयो।

उहाँले नेपाली कांग्रेसले जनताको सुखदुःखमा काम गरेको बताउनुभयो।
” नेपाली कांग्रेसले सिन्धुपाल्चोकमन आपतविपतमा घरघरमा पुगेर सहयोग गरेको छ, जेष्ठ नागरिकलाई ओैषधि पुर्‍याउने, गरिवलाई खाद्यान्न पुर्‍याउने, विपत्तिमा उद्दार गर्ने काममा नेपाली कांग्रेसले ध्यान दिएर काम गरेको छ, यो कार्य निरन्तर चलिरहन्छ।” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी पार्टी परित्याग गरी बाह्रबिसे नगरपालिका वडान ५ बाट चन्द्र बहादुर लामा, बेन्दारे तामाङ, कान्छा तामाङ, खडका बहादुर तामाङ, सुक्र बहादुर तामाङ, भिम राज तामाङ, कामी तामाङ, गुडुल बहादुर तामाङ, पूर्ण ब बहादुर तामाङ, भूपिन्द्र तामाङ, राम बहादुर तामाङ, दिपक घले, मिन बहादुर तामाङ, सिताराम तामाङ, तेज बहादुर तामाङ, जगत वाः तामाङ, जनक कुमारी तामाङ, दावा तामाङ, सर्मिला तामाङ, मोती माया तामाङ, साङ्‌‌मु तामाङ, विमल खत्री, निशा तामाङ, तुलीमाया तामाङ, उर्मिला तामाङ, विकरान्त तामाङ लगायतका व्यक्तिहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् ।—

प्रतिक्रिया

सम्बन्धित खवर