ललितपुर), २ पुस: उज्यालो नेपाल पार्टीले सुर्यबहादुर तण्डुकारको नेतृत्वमा ललितपुर जिल्ला तदर्थ समिति गठन गरेको छ।

उज्यालो नेपाल पार्टीले मंगलबार ज्वागलमा आयोजित ललितपुर जिल्ला भेलाबाट रेडियो नेपालका पूर्वनिर्देशक तण्डुकारको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो। त्यस्तै पार्टीको युवा संयोजकको जिम्मेवारी सुनिल महर्जन र सहसंयोजक युजेश महर्जनलाई दिइएको केन्द्रीय सदस्य राजाराम तण्डुकारले जानकारी दिनुभयो। तदर्थ समितिमा रहने सदस्यहरुको नाम भने पछि सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो

तदर्थ समिति गठनका लागि आयोजित भेलामा मन्तव्य राख्नुहुँदै पार्टीका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठले मट्टीतेल, चामल, तेल, चिनी लगायतका समानहरु लिनका लागि लाइन बस्नुपर्ने समस्याबाट आजित भएर भएको २०४६ सालको आन्दोलनको स्मरण गर्दै आन्दोलनबाट स्थापित भएका नेताहरूले काम गर्न नसकेकोले अब नयाँ पुस्तालाई देशको नेतृत्वमा स्थापित गर्नुपर्ने बताउनुभयो। उहाँले देशको विकास आशातीत रुपमा हुन नसकेको भन्दै विदेशिने क्रम तिव्र रुपमा वृद्धि हुँदा देश वर्वाद हुने अवस्थामा पुगेकोले अब उज्यालो नेपाल पार्टीको नेतृत्वमा देशलाई समृद्धिको दिशामा लैजानुपर्नेमा जोड दिनुभयो।

केन्द्रीय सदस्य श्री गुरुङले पर्यटन, प्रबिधि, उर्जा र कृषिको माध्यमबाट देशलाई समृद्ध बनाउने पार्टीको उद्देश्य रहेको बताउनुभयो। उहाँले देशको पासपोर्टको महत्त्व गरिमालाई उच्च बनाउँदै रोजगारीमा बिदेश पुगेका युवाहरूलाई फर्काउने गरि पार्टीले काम गर्ने जानकारी गराउनुभयो।
केन्द्रीय सदस्य राजाराम तण्डुकारले देशमा देखिएका जनताका हरेक समस्या समाधानका लागि जोड दिंदै समावेशी र समानुपातिक विकासका लागि ध्यान दिने बताउनुभयो।

जेन जेड आन्दोलनका अभियान्ता एवम् उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य किशोरी कार्कीले सबैलाई व्यवस्थापन गर्न र समेट्न सक्ने क्षमता कुलमान घिसिङसंग रहेकोले उहाँको नेतृत्वमा देशले निकास पाउन सक्ने बताउनुभयो। उहाँले आन्दोलनपछि हुन लागेको निर्वाचनमा सही व्यक्ति, नयाँ युवा, नयाँ सोच भएका युवाहरूलाई अवसर दिनुपर्नेमा जोड दिनुभयो।

केन्द्रीय सदस्य डाक्टर आसुतोष पन्तले विगतमा जनतालाई बाँडिएको आवश्यक र देखाइएको सपना अनुसार काम नभएको भन्दै अवको निर्वाचनबाट काम गर्न सक्ने नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्नुपर्ने बताउनुभयो। उहाँले राजनीतिक नारा मात्रै बेच्ने पुराना राजनीतिकर्मीहरुभन्दा युवा जोश र जाँगरलाई उपयोग गर्दै देशलाई दीर्घकालीन हीतमा अगाडि बढाउन ध्यान दिनुपर्ने बताउनुभयो।
जेन जेड आन्दोलनको घाइते परिवारका सदस्य एवम् उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य विद्या पाण्डेले दिगो सरकार निर्माणका लागि उज्यालो नेपाल पार्टीको आवश्यक रहेको बताउनुभयो। उहाँले ललितपुरमा भएका स्थानीय स्रोत र साधनको उपयोग गर्दै विदेशमा समेत निर्यात गर्न सकिने बताउनुभयो।

केन्द्रीय सदस्य तुलसा वाइवाले गाउँगाउँ, बस्तीबस्तीसम्म संगठन विस्तार गरेर देशलाई काम गरेर देखाउन सक्ने नेतृत्वलाई स्थापित गर्दै भ्रष्टाचारको अन्त्य, सुशासन कायम र समृद्धि हासिल गर्नका लागि पार्टीलाई बिजयी गराउन लाग्नुपर्नेमा जोड दिनुभयो।

बागमती प्रदेश संयोजक प्रविणकुमार तामाङले देशको समृद्धिको लागि आवाज उठाउनका लागि नयाँ सोचका साथ नयाँ शक्तिका रुपमा उज्यालो नेपाल पार्टी स्थापना भएको बताउनुभयो। उहाँले १८ घण्टासम्म अन्धकारमा रहेको नेपाललाई उज्यालो भर्ने कुलमान घिसिङको नेतृत्वमा देशको विकास हुन सक्ने धारणा राख्नुभयो।
यल नेवा समाजका कोषाध्यक्ष एवम् तण्डुकार समाज यलका अध्यक्ष शिवराम तण्डुकारले सुशासन, न्याय र समृद्धिको सपनालाई साकार पार्दै जेन जेड आन्दोलनको भावनालाई आत्मसात गर्दै काम गर्ने विश्वास ब्यक्त गर्नुभयो।

पर्यटन व्यवसायी समुद्रमान बज्राचार्य, शाक्य सुरेम र स्मार्ट टेलिकमको पन्नाकाजी महर्जनले कुलमाधन घिसिङको योगदानका आधारमा जन्मिएको पार्टीले देशलाई उज्यालो बनाउन भूमिका खेल्ने विस्वास व्यक्त गर्नुभयो।—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय