काठमाडौँ नेपाली कम्युनिस्ट पार्टी( नेकपा) को समानुपातिक सांसद परशुराम तामाङले तामाङ भाषामा शपथलिने भएको छन्। 

संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथका लागि तय गरेको कार्यतालिकाअनुसार काठमाडौं को सांसद तामाङले आफ्नो शपथको भाषा तामाङ रोजेको हुन्।

संसद् सचिवालयले नेपालीबाहेकका मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि सोमबारसम्म नामटिपाउने समय सीमा तोकेको थियो। 

सो अवधिमा परशुराम तामाङ सहित विभिन्न दलका दुई दर्जन सांसदहरूले आफ्नो मातृभाषा वा रुचि अनुसारकोभाषामा शपथ लिने गरी विवरण बुझाएका छन्। 

नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रमछ।

यस पटकको शपथ ग्रहणमा नेपाल भाषा (नेवारी), मैथिली, डोटेली, थारु, संस्कृत र बान्तावा लगायतकाभाषाहरूको उपस्थिति देखिएको छ। 

सचिवालयका अनुसार मातृभाषामा शपथ लिन चाहने सांसदहरूले आफ्नै भाषामा शपथको बेहोरा अनुवाद गरीत्यसको कपी सचिवालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय