सिन्धुपाल्चोक । नेपाल घिसिङ समाजको प्रथम सिन्धुपाल्चोक जिल्ला भेला सम्पन्न भएको छ। भेलाले सुरेशघिसिङलाई सर्वसम्मत रूपमा जिल्ला कार्यसमितिको अध्यक्षमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जल बहादुर घिसिङ चयन भएका छन् भने सचिवमा सानु घिसिङ तामाङर कोषाध्यक्षमा बिनोद घिसिङ चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा पद्मा लामा घिसिङ, काइरा घिसिङ, जंग बहादुर घिसिङ, आशिष घिसिङ तथा बेन्जुङघिसिङ तामाङ चयन भएका छन्।
भेलामा सहभागी वक्ताहरूले घिसिङ समुदायको पहिचान, भाषा, कला, संस्कृति तथा सामाजिक एकतालाई थपमजबुत बनाउन संगठनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन। साथै जिल्लाभर रहेका घिसिङ समुदायलाई एकताबद्ध गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समुदायको हकहित, उत्थान र संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।












