काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (Long-Term Care Center) मा काम गर्न नेपालबाट थप २ हजार ३ सय कियरगिभर लैजाने तयारी गरेको छ ।

यसका लागि वैदेशिक रोजगार विभागले नयाँ श्रमिक छनोट प्रक्रिया अघि बढाउने भएको छ । विभागले इजरायल सरकारबाट प्राप्त कोटाअनुसार चाँडै नयाँ आवेदन आह्वान गर्ने तयारी भइरहेको जनाएको छ ।

वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्यका अनुसार नेपाल–इजरायल श्रम सम्झौताअनुसार नयाँ सूचना सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

यसअघि पनि नेपालबाट सयौं युवा कियरगिभरका रूपमा इजरायल गइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय