
काठमान्डौ- नेपाल–भारत सीमामा लागू गरिएको नयाँ कर नीतिले भारतीय सीमावर्ती बजारमा असर देखिन थालेको छ।
नेपाल सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार कर अनिवार्य गरेपछि भारतीय व्यापारीहरू विरोधमा सडकमा उत्रिएका हुन्। नेपाली ग्राहक घटेपछि व्यापार ठप्पजस्तै भएको भन्दै उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागी व्यापारीहरूले “सीमा कर नीति खारेज गर”, “निर्णय फिर्ता गर” जस्ता नारासमेत लगाएका थिए।
व्यापारीहरूको भनाइ छ, “हाम्रो व्यापार मुख्यतः नेपाली ग्राहकमा निर्भर थियो। पहिले बजार भीडभाड हुन्थ्यो, अहिले दिनभर पसल खोल्दा पनि ग्राहक आउँदैनन्। यही अवस्था रहे व्यापार धान्नै कठिन हुन्छ।”












