धनकुटा, कोशी प्रदेश भूउपयोग नीति तर्जुमाका लागि नीति संकलन तथा प्रदेश भूमि व्यवस्थापन सम्बन्धी प्रस्तावित विधेयकको प्रारम्भिक मस्यौदामाथि छलफल, अन्तरक्रिया एवं सुझाव संकलन गोष्ठी हिलेमा सम्पन्न भएको छ।

कार्यक्रम प्रदेश सचिव कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुली प्रमुख अतिथि रहनु भएको थियोे । यस्तै राज्यमन्त्री उमाकान्त गौतम विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

गोष्ठीमा मोरङ, धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लाका जिल्ला समन्वय प्रमुखहरू तथा सम्बन्धित जिल्लाका स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरूको सहभागिता रहेको थियो।

छलफलका क्रममा सहभागीहरूले प्रदेश भूमि व्यवस्थापन सम्बन्धी प्रस्तावित विधेयकको प्रारम्भिक मस्यौदामाथि विस्तृत धारणा राख्दै आवश्यक संशोधन, सुधार तथा स्थानीय आवश्यकता समेट्नुपर्ने विषयमा सुझाव दिएका थिए। साथै स्थानीय तहमा देखिएका जग्गा प्रशासन, भूउपयोग, स्वामित्व, अभिलेख व्यवस्थापन तथा भूमि व्यवस्थापनसँग सम्बन्धित व्यावहारिक समस्याहरू प्रस्तुत गर्दै ती समस्याको समाधान हुने गरी विधेयक परिमार्जन गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय