नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड Royal Enfield ले आफ्नो चर्चित Classic 350 को विशेष ‘Gorkha Edition’ भारतमा सार्वजनिक गरेको छ। गोर्खाली भावना, साहस र मजबुत पहिचानलाई केन्द्रमा राखेर तयार गरिएको यो संस्करणले मोटरसाइकलप्रेमीको ध्यान आकर्षित गरेको छ।
Classic 350 को प्रतिष्ठित डिजाइन र आधुनिक सुविधालाई निरन्तरता दिँदै ‘Gorkha Edition’ मा विशेष ग्राफिक्स तथा नयाँ स्टाइलिङमार्फत फरक पहिचान दिने प्रयास गरिएको छ।
Royal Enfield Classic 350 लामो समयदेखि आफ्नो क्लासिक लुक, दमदार सडक उपस्थिती र आरामदायी राइडका कारण लोकप्रिय रहँदै आएको छ।












