शैलुङ । दोलखाको शैलुङ गाउँपालिका–८ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को वडा अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले दिपक खत्रीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कमिटीको उपाध्यक्षमा धोर्जे तामाङ, सचिवमा सुवास तामाङ, सहसचिवमा कुमार धनुके र कोषाध्यक्षमा निमसागर तामाङ चयन भएका छन्।
अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै जनतासँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।
नवनिर्वाचित अध्यक्ष खत्रीको नेतृत्वमा वडा कमिटीले स्थानीय जनताका समस्या, विकास निर्माण तथा सामाजिक सरोकारका विषयलाई प्राथमिकताका साथ अघि बढाउने बताइएको छ।












