फागुन २४ सैलुङ । नेकपा माओवादी केन्द्रको सैलुङ गाउँ पालिकाको पार्टी कार्यलय उदघाटन गरेको छ।
नेकपा माओवादी केन्द्रको बागमती प्रदेश माननीय बन तथा बाताबरण मन्त्री बिशाल खड्काले एक कार्यक्रम बिच उदघाटन गरेको छ। मन्त्री बिशाल खड्का मन्त्री बनी सकेपछि पहिलो पटक सैलुङ पार्टी र जन्ता बिच भेटघाटमा जानू भएको थियो ।उदघाटन समारोहमा मन्त्री विशाल खाड्काले सैलुङ नेकपा माओवादी केन्द्रको पहिले देखि नै आधार इलाका रहेको हुदा सैलुङ समृद्धिको लागि सधै तत्पर रहेको र सैलुङ जनताले दिएको योजनाहरुलाई जुनसुकै हालतमा पूरा गर्ने बताउनु भयो।तेसै गरि नेकपा माओवादी केन्द्र को नेता शंकर लामाले सैलुङ गाउपालिकाको बिकासमा दिन रात नभनी लागिरहेको बताउनु भएको छ।
कार्यक्रममा निला कुमार श्रेष्ठ, रिमाल बाबू श्रेष्ठ ,जीतकुमार मोक्तान , ज्योति श्रेष्ठ लगायत सैलुङको थुप्रै नेताहरु उपस्थिति रहेको थियो।
सैलुङ गाउपालिका वार्ड न १ को सम्मेलन
सैलुङ गाउपालिका वार्ड न १ को सम्मेलन सम्पन्न भएको छ।सम्मेलन ले कर्ण बाहादुर घिसिङको अध्यक्षतामा २९ सदस्य निर्बाचित भएको छ।













