रामेछाप । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले नगरसभामा बहुमत र अल्पमतको खेल खेलाएर नगरपालिकालाई अस्थिर बनाउने धम्की दिएका छन् । रामेछाप नगरपालिकाभित्र भएको विकास निर्माणको ढिलासुस्ति, अनियमितता र गुणस्तरको विषयमा जनप्रतिनिधिले प्रश्न उठाउन थालेपछि उनले यस्तो धम्की दिएका हुन् ।

रामेछाप नगरपालिकाले रामेछाप र मन्थली नगरपालिकाको सिमाना रहेको सुकाजोर खोलामा बनाएको स्वागत द्धार समयमा सम्पन्न नभएको विषयमा दनेपालटप राष्ट्रिय दैनिकमा समाचार प्रकाशन भएपछि वडा नम्बर २ का वडाध्यक्ष नीर कुमार श्रेष्ठले प्रश्न गरेपछि उनले बहुमत र अल्पमतको खेल खेलाएर नगरपालिकालाई अस्थिर बनाउने धम्की दिएका छन् ।

वडाध्यक्ष श्रेष्ठले समाचार आएपछि समाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘यो रामेछाप नगरपालिका वडा न.८ मा अवस्थित मन्थली र रामेछाप नगरको सिमानामा रहेको नमुना स्वागत गेट हो । चालू आव २०७८–७९ मा बिनियोजित बजेटबाट निर्माणाधिन अवस्थामा रहेको गेट हो । दुनियाँले देखिरहेका छन् । मेयर, उपमेयर हाकिम, लेखा हाकिमदेखि सबैको आँखाले देखिरहेका पनि छन् कि २ वटा पिल्लर मात्र ठड्यायर राखेपनी रकम भुक्तानी भनेको पहुच पावर बहुमत, अनुगमन आफ्नै भए पछि प्राविधिक, इन्जिनियर, लेखा अधिकृत समेतलाई कुनै डर किन हुनुपर्‍यो र ? सम्पन्न किन हुनपर्‍यो र ? बजेट पनि किन पुग्नुपर्‍योे र ? गुणस्तरीय पनि किन हुनुपर्‍यो र ? यहाँ मात्र गुणस्तरीय र बलियो रामेछाप नगरको सम्यन्त्र भए पुग्छ ।’

यसरी वडाध्यक्षले नगरभित्रको विकास निर्माणको विषयमा सार्वजनिक रुपमा प्रश्न गर्न थालेपछि प्रमुख प्रशासकीय अधिकृत लामगादेले जवाफ फर्कादै भनेका छन्, ‘वडाध्यक्ष भएर आफ्नो हैसियतमा बस्नुहोला महाशय, कर्मचारीलाई आरोप लगाउन उपयुक्त छैन् । बहुमत र अल्पमतको खेल नखेलाउँ भन्ने सोचेको तर यस्तै अनावश्यक कुरा गर्दै हिँडेमा खेल खेलाउन बाध्यता पनि पर्न सक्छ ।’

रामेछाप नगपालिकाले बनाउन लागेको स्वागत द्धार आफ्नै आन्तरिक स्रोतको १२ लाख रुपैयाँबाट यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरि निर्माण सुरु गरिएको हो । तर, नगरपालिकाले विभिन्न कारण देखाएर उक्त स्वागत द्धार क्रमागत योजना अन्र्तगत राखेर आगामी वर्षसम्ममा निर्माण सम्पन्न हुने गरी योजना परिवर्तन गरेको छ । सामान्य तय ४–५ लाखमा निर्माण सम्पन्न गर्न सकिने उक्त स्वागत द्धारको लागि १२ लाख रुपैयाँ नै बढी भएको आवाज समेत उठेको छ । सामान्य तय २–३ महिनामा निर्माण सम्पन्न गर्न सकिने उक्त स्वागत द्धार खर्चको हिसावले ४–५ लाखमा सम्पन्न हुने भन्दै प्राविधिक समेत रहेका राजेश श्रेष्ठ लेख्छन्, ‘ओहो बढीमा ४–५ लाखको बजेट होला भनेको त १२ लाखको पो र छ त यत्रो पैसाको छिटै सक्यो भने त भुक्तानी लिनै गाह्रो पर्छ त । अलि समय लम्ब्याएर १२ लाखमा पनि मूल्य वृद्धिको शीर्षक राख्दै अझै लुट्न पाईन्छ नि ।’

सार्वजनिक रुपमा जनप्रतिनिधिलाई प्रमुख प्रशासकीय अधिकृत लामगादेले धम्की दिए पछि उनको चौतर्फी आलोचना सुरु भएको छ । उनले जनप्रतिनिधिलाई दिएको धम्कीप्रति विपिन सुवेदी लेख्छन्, ‘लामगादे जी नराम्रोलाई नराम्रो भन्न नमिल्ने हुन्छ र । हैसियतले तपाईको भाषा चाहीँ मलाई पनि धम्कीपूर्ण लाग्यो ।’ लामगादेको धम्की र जनप्रतिनिधि आफैले सार्वजनिक रुपमा गरिएको टिका टिप्पणीले नगरभित्रको अवस्था के छ भन्ने देखाउँछ । समान्य तय एउटा स्वागत द्वार निर्माण गर्न पनि क्रमगत योजना बनाउने नगपालिकाले अन्य विकास कसरी गर्छ भन्ने प्रश्न समेत उठ्न थालेको छ ।

रामेछापमा भएको विकास निर्माणको विषयमा सार्वजनिक रुपमा प्रश्न गर्नेलाई ठेगान लगाउने र नगरपालिकालाई नै अस्थिर बनाउने धम्की दिएपछि कुशल बस्नेत लेख्छन्, ‘कार्पेट मुनि धुलो लुकाएर कोठा सफा हुँदैन हाकिम ज्यू चोरको खुट्टा काट भन्दा खुट्टा ताने झै गर्नु भयो त ?’

तर, प्रमुख प्रशासकीय अधिकृत लामगादेले अन्य विकास निर्माण विषयमा उठाएको प्रश्नमा समेत गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । उनले भ्यूटावारको विषयमा पानी समेत नहालेको विषयमा प्रश्न गर्दा वडाअध्यक्ष श्रेष्ठलाई आफै गएर पानी हाल्न भनेका छन्, ‘सम्पन्न भएपछि पानी कम भएको देखिदेखि गएर पानी हाल्दा हुन्छ ।’ उनले अरुलाई समेत बुझेरमात्र बोल्न र लेख्न भन्दै धम्की दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय