चरिकोट । नेकपा(माओवादी केन्द्र)दोलखा जिल्ला समन्वय समितीको सचीवमा कमल श्रेष्ठ(ज्योति )सर्बसम्मत चयन गरेको छ ।
नेकपा(माओवादी केन्द्र)दोलखा जिल्ला समन्वय समितीको हिजो बसेको बैठकले २५ % हुना आउने गरि २१जना मनोनीतमा प्रत्येक गाउँपालिका र नगरपालिकाबाट ७ जना गरि १०५ जनाको जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरिएको थियो ।
नेकपा (माओवादी केन्द्र)जिल्ला समन्वय समितिको संयोजक कुल बहादुर बुडाथोकीको अध्यक्षतामा बसेको बैठकमा नेकपा(माओवादी केन्द्र)को केन्द्रिय सदस्य नवीन जिरेल, नेकपा(माओवादी केन्द्र)बाग्मती प्रदेश अध्यक्ष सरल सहयात्री, बाग्मती प्रदेश बन तथा बाताबरण मन्त्री माननिय विशाल खड्का, गोपाल पान्डे,नर बहादुर पाखृन लगायतको नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय