नवराज ढुंगाना/ललितपुर । ललितपुर वार एशोसियसनमा राम श्रेष्ठ नेतृत्वको गणतान्त्रिक, प्रगतिशील, पेशागत कानुन व्यवसायी समूहको प्यानल विजयी भएको छ ।

नेकपा (माओवादी केन्द्र) का श्रेष्ठले एमाले, कांग्रेस र एकीकृत समाजवादीको संयुक्त प्यानलका शशि कुमार कार्कीलाई २५१ मत अन्तरले हराए ।

६०० भोट खसेकोमा श्रेष्ठले ४२१ र प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहका कार्कीले १७० मत पाए ।

गणतान्त्रिक प्रगतिशील पेशागत कानुन व्यवसायी समूहबाटै उपाध्यक्षमा बाबुकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रिता शेर्पा, कोषाध्यक्षमा रमेश कुमार महर्जन निर्वाचित भएका छन् । यसैगरी महिला दुई सदस्यमा अष्ट कुमारी महर्जन र सुशिला कार्की विजयी बनेका छन् ।

अन्य सदस्यहरुमा भूमेराज आले मगर, ईच्छाराम महर्जन, रत्न बहादुर बुढा, रोहित कुमार कार्की, राजु अधिकारी, जीवन कुमार बस्नेत, विराज थापा र विपना योगी विजयी भएका छन् ।

श्रेष्ठ प्यानलका राजु अधिकारी विप्लव निकट नेकपाका हुन् भने अरु सबै माओवादी केन्द्र सम्वद्ध हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय