काठमाडौं– अन्तर्राष्ट्रिय ब्रान्ड ‘केल्मी’ को प्रतिलिपि अधिकार उल्लंघन गरी नक्कली कपडा बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-२२ प्युखास्थित सुजन शिवम् रेडिमेड स्टोरबाट आइतबार दिउँसो २ बजे दुई जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार पक्राउ पर्नेहरुमा पर्वतको ठूलोपोखरी गाउँपालिका-३ घर भई काठमाडौं- २१ भोटेबहाल बस्ने ४४ वर्षीय सानुमाया र बारा, पिपरपाती पचरौता नगरपालिका-१ घर भई काठमाडौं-१५ चौमती बस्ने ३१ वर्षीय एमडी उमर अन्सारी रहेका छन्।













