काठमाडौ असोज २।भाइरल भारतीय डली चायवाला बुधबार बर्गर हाउस एन्ड मेलुङ थकाली किचेनको थकाली थाली सेट खाएपछि नेपाली खानाको स्वादको भरपुर प्रशंसा गरेका छन्।
चिया पकाउने र पस्किने यी भाइरल चायवाला बुधबार बेलुकी मेलुङ थकाली किचेनमा गएर नेपाली खाना सेट चाखेका हुन्। भाइरल भारतीय डली चायवाला काठमाडौ आएपछि बर्गर हाउस एन्ड मेलुङ थकाली किचेनको संचालक बसन्त लामाको निम्तोमा बुधबार बेलुकी खाना खान पुगेका हुन ।


रंगीन अन्दाजमा चिया पकाउने र पस्किने यी चायवाला सोमबार बेलुकी झापाको काँकडभिट्टा हुँदै नेपाल पसेका थिए।
उनी दुईजना अंगरक्षक र दुईजना व्यवस्थापकसहित नेपाल आएको हो । झापास्थित भद्रपुरमा रहेको ग्लोबल इनोभेसन पार्टनर नामक कन्सल्टेन्सीका प्रतिनिधि बनेर आरिफ अलिले उनलाई नेपाल ल्याएका हुन् ।


मंगलवार बेलुकी काठमाडौं ओर्लेपछी केही शैक्षिक परामर्शदाता संस्थासँग उनले भेटघाट गरेको थियो । यसका साथै,काठमाडौंमा सेलिब्रेटीहरुलाई बोलाएर इभेन्ट पनि गरिँदैछ । यद्धपी हालसम्म चायवालासँग भेट्ने सेलिब्रेटीहरू काे काे हुन् भन्ने खुलाइएकाे छैन । यति मात्र नभई, डली चायवालाको पोखरा भ्रमणको तालिका रहेको छ । उनी तीन दिन पोखरा घुम्नेछन् ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर