असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) दोलखा-काठमाडौ सम्पर्क समन्वय समिती र नेकपा (माओवादी केन्द्र) दोलखा जिल्ला समन्वय समितीको संयुक्त आयोजनामा यस वर्षको दशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आगामी असोज १९ गते काठमाडौंमा चियापान गर्ने भएको छ ।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (माओवादी केन्द्र)को पार्टी अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)को उपस्थिति हुने नेकपा (माओवादी केन्द्र) दोलखाको अध्यक्ष ज्योति श्रेष्ठले बताए ।नेकपा (माओवादी केन्द्र )दोलखा काठमाडौ सम्पर्क समन्वय समितिले हरेक बर्ष दसैंको अवसरमा चियापान कार्यक्रम आयोजना गरि पार्टीका नेताहरू, कार्यकर्ता, शुभेच्छुक, र विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई निमन्त्रणा गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने अबसर मिल्ने अध्यक्ष हरिप्रसाद फुयालले बताए । उहाँले यस प्रकारका कार्यक्रमहरूले राजनीतिक संवाद र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने छ भन्दै सम्पुर्ण दोलखालीलाई उपस्थितिको लागि आवाहन गर्नु भएको छ।
कार्यक्रमको स्थान रोयल जडिबुटी बैंक्वेट जडिबुटीमा दिउँसो १२ बजे तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर