ललितपुर, पुस । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएकोछ। नयाँ कार्यसमिति निर्वाचित भएको तीन सातापछि शनिबार पद हस्तान्तरणसँगै सफल कार्यकालको बधाई तथाशुभकामना ज्ञापन गरिएको हो।
ललितपुरको डिलाइट पार्टीप्यालेसमा सनिबार एक कार्यक्रमका बिच निवर्तमान कार्यसमितिले नयाँ निर्वाचितकार्यसमितिलाई पद हस्तान्तरण गरेको हो। निवर्तमान शाखा अध्यक्ष सागार न्यौपानेले नवनिर्वाचित अध्यक्ष रामहरि कार्कीलाई सस्थाको सम्पुर्ण सामग्री प्रदान गरी पद हस्तान्तरण गर्नुभयो।
यस्तै अध्यक्ष कार्कीसहित निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी, सदस्य तथा केन्द्रीय परिषद सदस्यलाई प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष नारायण दाहल र नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्माला शर्माले निर्वाचितभएको प्रमाणपत्र वितरण गरेको छ।कार्यसमितिको उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिवसमावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन्।

सदस्यमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा निर्वाचित भएका छ्।












