
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको झट्का महसुस गरिएको हो।
भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्पको परिमाण ६.१ म्याग्निच्युड रहेको छ। केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरव कुण्ड आसपास क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु रहेको छ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको छ। हालसम्म कुनै क्षति भएको विवरण प्राप्त भएको छैन। थप विवरण आउन बाँकी छ।












