धनकुटा ।
नेकपा एमाले जिल्ला कमिटी धनकुटाले जिल्लाकाे ६ वटा पालिकाकाे पालिका अधिवेशन सकाउदै नवनिर्वाचित पदाधिकारीलाई पार्टीको जराकेन्द्रित अभियानमा जुट्न निर्देशन दिएको छ ।
६ वटा पालिका अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई सम्मान तथा बधाई ज्ञापन गर्दै पार्टीको जरा केन्द्रित अभियानमा लाग्न जिल्ला कमिटी धनकुटाले निर्देश दिएकाछन् ।

जिल्ला पार्टी कार्यलय हलमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज पुर्व मन्त्री राजेन्द्र कुमार राई , पार्टीका जिल्ला अध्यक्ष शिव आङ्गला , पार्टीका जिल्ला उपाध्यक्ष चिन्तन तामाङ लगायतले पार्टीको काममा कर्तव्य निष्ठ भएर केपी ओलि नेतृत्व सरकारले गरेका सुशासन, विकास निर्माण तथा आगामी योजना एवं समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन निरन्तर जनताको काममा लाग्न निर्देशन दिएकाछन् ।
पार्टीलाई आगामी निर्वाचनमा राष्ट्रिय शक्तिशालि पार्टीको रुपमा स्थापित गर्नका लागि आजैदेखि एकताबद्व भएर जुट्न आवाश्यक रहेको बताएकाछन् । साेहि अवसरमा राजनैतिक पार्टीको तुलनात्मक अध्ययन विषयमा पार्टीका नेता नकुल राईले प्रशिक्षण दिनुभएको थियोे भने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) सिद्धान्तका बारेमा पार्टीका उपसचिव नैन विस्वकर्माले बुझपर्ने विषयमा सहजिकरण गर्नु भएको थियो । एमाले धनकुटाले ७ वटा पालिका मध्ये ६ वटा पालिकाकाे अधिवेशन सकेको छ भने महालक्ष्मीनगरपालिकाकाे पालिका अधिवेशन बाकि रहेको छ, बाकी रहेकाे पालिकाकाे अधिवेशन पनि छिट्टै सक्ने जिल्ला पार्टी अध्यक्ष शिव आङ्लाले बताउनुभयो ।












