कैलाली: घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा १५ देशका १५० भन्दा बढी विदेशी नागरिकहरू बिना अनुमति बसेको खुलासा भएको छ। ‘रेन्बो फेमिली ग्यादरिङ’ नामक समूहले करिब एक हप्तादेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएको स्थानीयवासीहरूले बताएका छन्।

अस्वाभाविक गतिविधिप्रति स्थानीयको गुनासो

भारत, चीन, अमेरिका लगायतका विभिन्न देशका नागरिकहरू यस समूहमा रहेको बताइएको छ। आफूहरूलाई ‘प्रकृतिप्रेमी’ बताउने उनीहरूले वन क्षेत्रमा अर्धनग्न अवस्थामा रहने, अनौठो गतिविधि गर्ने लगायतका क्रियाकलाप देखाएको स्थानीयहरूले गुनासो गरेका छन्।

प्रशासनको हस्तक्षेप: २४ घण्टाभित्र क्षेत्र खाली गर्न आदेश

सरकारी अनुमति बिना जङ्गल क्षेत्रमा बसोबास गरिरहेको पाइएपछि स्थानीय प्रशासनले ती विदेशी नागरिकहरूलाई २४ घण्टाभित्र क्षेत्र छाड्न निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार, सुरक्षा निकायसहितको टोलीले स्थलगत निरीक्षण गरी समूहलाई तत्काल जङ्गल छोड्न आदेश दिएको छ।

निर्देशन अवज्ञा गरे कानुनी कारबाही

प्रशासनले स्पष्ट चेतावनी दिएको छ कि यदि उनीहरूले आदेश पालना गरेनन् भने कानुनी कारबाही अघि बढाइनेछ। अनुसन्धानका क्रममा यो समूह केही समयअघि अछामको रामारोशन क्षेत्रमा पनि पुगेको पाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय