काठमाडौं,  – सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बानेश्वर-तीनकुने क्षेत्रका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रशासनले जारी गरेको आदेशअनुसार निम्न स्थानहरूमा कर्फ्यु लागु हुनेछः

• गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर

• कोटेश्वरदेखि जडिबुटी पुल

• कोटेश्वरबाट बालकुमारी पुलसम्म

• बानेश्वर चोकदेखि शंखमुल पुलसम्म

• गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म

कर्फ्यु आदेश उल्लंघन गर्नेहरूलाई कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। सुरक्षाका कारण जनतालाई सचेत रहन र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय