काठमाडौं/२० चैत,   सेन्ट लरेन्स कलेज चावहिलमा वृहत्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा मैजुकुमारी सामुदायिक सेवा समाज चावहित, मैजुबहालको समन्वयमा चैत १९ गते मंगलबार भएको स्वास्थ्य शिविरमा कलेजका बिद्यार्थी, अभिभावक तथा स्थानीय समेत गरी एक हजार तीन सय जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनले जानकारी गराउनुभयो।

“हाम्रो कलेजमा रहेको विद्यार्थीहरुका विभिन्न क्लब र समुहले शिविरो व्यवस्थापन तथा सहजीकरण गरेका हुन्, शैक्षिक संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजमा रहेको विद्यार्थीहरुको विभिन्न क्लबबाट आयोजित यस शिविरको उद्देश्य भनेकै स्वस्थ्य सेवा प्रदान गर्नु हो। स्वस्थ्य जीवनको लागि स्वस्थ शरीर र स्वस्थ्य समाजको लागि स्वस्थ्य व्यक्ति अपरिहार्य हुने भएकोले स्वास्थ्यलाई हरेक व्यक्तिले ख्याल गर्नु पर्छ, ‘प्रिभेन्सन इज वेटर देन केयर’ भन्ने भनाई अनुसार आजको बृहत् स्वास्थ शिविर मार्फत चावहिल चुच्च्पाटीमा रहेका सर्वसाधारण व्यक्तिहरु र कलेजका विद्यार्थीहरु, शिक्षक, शिक्षिकाहरु , कर्मचारीहरुलाई स्वास्थ्य लाभ पुर्‍याउने हाम्रो अभिप्राय हो, यो सफल भएको छ।” क्याम्पस प्रमुख महर्जनले भन्नुभयो
शिविरमा विद्यार्थी तथा सर्वसाधारणलाई सामान्य स्वास्थ्य परीक्षणका साथै दन्त, आँखा, छाला, नाक, कान तथा घाँटीसम्बन्धी रोगहरूको उपचार सेवा प्रदान गरिएको मैजुकुमारी सामुदायिक सेवा समाज चावहित, मैजुबहालका महासचिव समीर जोशीले जानकारी दिनुभयो ।
“महिलाहरूका लागि स्त्रीरोग तथा ECG, भिडियो एक्स-रे (अल्ट्रासाउण्ड) लगायतका अत्याधुनिक उपकरणहरूद्वारा परीक्षणहरू गरियो, रक्त परीक्षण जाँचहरू जस्तै HB%, ब्लड सुगर, युरिक एसिड, युरिया तथा युरिन आर/ई (मूत्र परीक्षण) समेत उपलब्ध गराइएको छ।” उहाँले भन्नुभयो ।
मंगलबार बिहान ९ बजेबाट सुरु भएको स्वास्थ्य शिविर दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो। शिविरमा स्वास्थ्य विशेषज्ञ तथा चिकित्सकहरूको टोलीले सहभागीहरूको स्वास्थ्य परीक्षण तथा उपचार गर्नुभएको थियो ।
सेन्ट लरेन्स कलेजको सोसल वर्क क्लबका अध्यक्ष शोनिका थापाका अनुसार कलेजमा हरेक वर्ष दुई वटा देखि तीन वटासम्म सामाजिक कार्यक्रम हुने गरेको छ। उहाँले स्वस्थ्य प्रति सचेत नरहेको युवा विद्यार्थीहरुलाई सचेत गराउन, आफ्नो स्वास्थ्यप्रति चासो अभिबृद्धि गराउन र भविष्यमा जोखिम आउन नदिनका लागि यस्तो शिविर महत्त्वपूर्ण हुने बताउनुभयो ।—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय