ललितपुर/ २२ चैत, थ्री स्टार क्लबको पचासौं स्वर्ण जयन्तीको अवसरमा पूर्वखेलाडीहरुबीच मैत्रीपूर्ण खेल हुने भएको छ ।

थ्री स्टार क्लबको स्वर्ण जयन्ती समारोहको बारेमा जानकारी दिन बिहिवार मंगलबजारमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा जानकारी गराउँदै क्लबका महासचिव धर्मेन्द्रराज शाक्यले थ्रीस्टार क्लबबाट विभिन्न प्रतियोगितामा खेलेर आफनो योगदान दिइसकेका खेलाडीहरुलाई भेला गरी यही चैत २३ गते शनिबार मैत्रीपूर्ण प्रतियोगिता हुने जानकारी गराउनुभएको हो ।
“पूर्वखेलाडीहरुबीच भेटघाट तथा पुर्नमिलन गर्ने उद्धेश्यले मैत्रीपूर्ण खेल राखिएको हो, स्वर्णजयन्ती समारोहको अवसरमा चैत २९ गते अशोक हलमा पूर्वखेलाडीहरुलाई सम्मान गर्ने समेत कार्यक्रम रहेको छ । पूर्वखेलाडीहरुको मैत्रीपूर्ण खेल मिति २०८१ चैत्र २३ गते शनिवार दिउसो १:३० बजेबाट बुद्धि विकास मण्डल खेल मैदानमा गरिनेछ । यो करिव ६० जना पूर्व खेलाडीहरुबीच मैत्रीपूर्ण खेल हुनेछ।” महासचिव शाक्यले भन्नुभयो।
स्वर्ण जयन्ती समारोहको अवसरमा क्लबलाई परिचित गराउन तथा खेलजगतमा महत्त्वपूर्ण योगदान पुर्‍याउने खेलाडीहरु, शुभचिन्तकहरु, सहयोगीहरु संघ संस्थाहरुलाई सम्मान तथा अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको उहाँले जानकारी गराउनुभयो।
स्वर्णजयन्तीको अवसरमा क्लबले सांगितिक तथा नेवा भ्वय् कार्यक्रम, स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम समेत आयोजना गर्नेभएको छ ।
खेलाडीहरुको पुन:मिलन भई भाइचारको विकास हुने र क्लवसँगको सम्पर्क र विकासमा टेवा पुग्ने अपेक्षा राखिएको वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो ।—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय