ललितपुर, भदौ २३।ललितपुरको भट्टेडाँडाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। शनिबार मकवानपुरबाट बीआर ०५ पीए ०४२१ नम्बरको भारतीय एम्बुलेन्समार्फत लुकाइछिपाई काठमाडौँ उपत्यकातर्फ ल्याउँदै गरिएको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार पक्राउ पर्नेमा भारतका २० वर्षीय समीर आलम, ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी, ४५ वर्षीय नोर्जान खातुन र २२ वर्षीय एम्बुलेन्स चालक मोहम्मद उमर सिद्धिकी रहेका छन्।

प्रहरीले एम्बुलेन्स जाँच गर्ने क्रममा भित्र लुकाएर राखिएको अवस्थामा ९४ हजार ८० ट्याब्लेट ट्रामाडोल बरामद गरेको छ। पत्रकार सम्मेलनमार्फत प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न गिरोहलाइ थप अनुसन्धानको लागि अघि बढाइएको जानकारी दिएको छ।

प्रहरीका अनुसार एम्बुलेन्स जस्तो संवेदनशील सवारीसाधनको दुरुपयोग गरी लागुऔषध ओसारपसार गर्नु गम्भीर अपराध हो र यसमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाही गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय