मेलुङ, दोलखानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेलुङ गाउँपालिकाको ऐतिहासिक दोस्रो सम्मेलन पर्यटकीय स्थल कालिपोखरीमा भव्य रूपमा सम्पन्न भएको छ। पार्टीका केन्द्रिय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज  विशाल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनले नयाँ जोश, उत्साह र एकताको सन्देश दिएको छ।

सम्मेलनले सर्वसम्मत रूपमा रामकृष्ण खत्रीको नेतृत्वमा ४५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ। नवगठित कमिटीले पार्टीको सिद्धान्त, नीति र कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै मेलुङ गाउँपालिकाभरि संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय