वैशाख,९ काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा तोकिएकै मितिमा लिने निर्णय गरेको छ । बोर्डले हालै राजधानीमा बसेको आकस्मिक बैठकपछि यस्तो निर्णय लिएको हो । बोर्डको अध्यक्ष महाश्रम शर्माले पत्रकारहरूसँग कुरा गर्दै परीक्षा नरोकिने र निर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पष्ट पारेका छन् ।

देशभरका सरकारी विद्यालयहरूमा जारी आन्दोलन, शिक्षकमाथि भइरहेको दबाब, र प्रस्तावित विद्यालय शिक्षा ऐनको विरोधमा भइरहेका व्यापक प्रदर्शनका कारण कक्षा १२ को परीक्षा प्रभावित हुनसक्ने चर्चा चलेको थियो । तर राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक कार्यतालिकामा कुनै परिवर्तन नगर्ने निर्णय गर्दै परीक्षा यथासमयमै सञ्चालन गर्ने तयारीमा जुटेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय