जम्मु कश्मीर, भारत — भारतको जम्मु कश्मीरस्थित एक प्रसिद्ध पर्यटकीय स्थलमा आज बिहान आतंकवादीहरूले पर्यटकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा २७ जनाको ज्यान गएको छ। घटनास्थलमा अन्य कैयौं घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रहरीका अनुसार तीनदेखि चार जना आतंककारीहरू भारतीय सेना र सुरक्षाकर्मीको पोशाकमा सुसज्जित भएर घटनास्थलमा पुगेका थिए। उनीहरूले कुनै पूर्व सूचना बिना गोली चलाएका थिए। स्थानीय समयअनुसार बिहान साढे १० बजे आक्रमण सुरु भएको थियो।

घटनापछि सुरक्षाकर्मीहरूले तुरुन्तै घटनास्थललाई घेराबन्दी गर्दै खोज तथा कारबाही सुरु गरेका छन्। कश्मीर प्रहरी प्रमुखका अनुसार अहिले सुरक्षाबल र आतंककारीबीच केही स्थानमा दोहोरो भिडन्त भइरहेको छ। क्षेत्रका सबै पर्यटकहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

घटनाको निन्दा गर्दै भारतीय गृहमन्त्रालयले दोषीहरूलाई कडाभन्दा कडा कारबाही हुने चेतावनी दिएको छ। यस आक्रमणपछि जम्मु कश्मीरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

यस घटनाले कश्मीरको पर्यटकीय क्षेत्रको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। भारत सरकार र सुरक्षासंस्थाहरूले तत्काल समाधान खोज्नुपर्ने दबाब चुलिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय