शैलुङ २४,बैशाख – दोलखाको शैलुङ गाउँपालिका अन्तर्गत रहेको प्रमुख पर्यटकीय स्थल शैलुङ डाँडामा आगामी बैशाख २९ गते बिहान ९ बजेबाट सरसफाइ अभियान सञ्चालन हुने भएको छ।
गाउँपालिकाको कार्यालयबाट जारी सूचनाका अनुसार नयाँ वर्ष २०८२ को अवसरमा लाग्ने मेलामा शैलुङ डाँडामा कागज, बोतल, र सिसा लगायतका सामग्रीहरूको अत्यधिक फोहोर संकलन भएकोले सरसफाइ अभियान सञ्चालन गर्न लागिएको हो।

शैलुङ डाँडाको सौन्दर्य संरक्षण गर्न आयोजना गरिएको सरसफाइ कार्यक्रममा शैलुङ बासी, कर्मचारी ,स्थानीय संघ–संस्थाहरू, होटल व्यवसायी, बजार व्यवस्थापन समिति लगायत सबै सरोकारवालालाई सहभागी हुन गाउँपालिकाले हार्दिक अनुरोध गरेको छ ।
गाउँपालिकाले यो अभियानबाट शैलुङ डाँडाको स्वच्छता कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।













