काठमाडौं २७ बैशाख ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कालिञ्चोक काठमाडौं सम्पर्क समन्वय समितिको चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट तीर्थ कार्की (भीमसेन) अध्यक्षमा निर्वाचित भएको छ ।
अधिवेशनले सरिता सापकोटा, गोविन्द कार्की र यम बहादुर आचार्य, उपाध्यक्ष निर्वाचित भएका छन्। सुजन बुढाथोकी सचिव र प्रमोद पाण्डे सह–सचिवमा चयन भएका छन्। त्यस्तै भारत खत्री कोषाध्यक्षमा निर्वाचित भएका छन्।सम्मेलनबाट जम्मा ११ सदस्यीय समिति चयन गरिएको छ ।

अधिबेशनमा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका उप-महासचिव जनार्दन शर्मा (प्रभाकर )ज्यूको प्रमुख आतिथ्यतामा प्रतिनिधि सभा सदस्य मा. गंगा कार्की (विश्व), शंकर लामा लगायत जिल्ला पार्टीका नेता, सम्पर्क मञ्चका नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।












