काठमाडौँ, बैशाख । अब थकाली खाना पारखीहरुले मेलुङ थकाली रेष्टुरेन्टको स्वादिष्ट परिकार घरमै बसेर आनन्द लिन सक्ने भएका छन्। बालुवाटारस्थित मेलुङ थकालीले फुड डेलीभरी सेवा पठाओ सँगको सहकार्यमा सुरु गरेसँगै उपभोक्ताले सजिलै घरमै खाना अर्डर गर्न सक्ने व्यवस्था गरिएको हो।

मेलुङ थकालीका सञ्चालक बसन्त लामाका अनुसार, समय अभावका कारण रेष्टुरेन्टसम्म पुग्न नसक्ने ग्राहकहरुलाई लक्षित गर्दै पठाओसँग एक्सक्लुसिभ फुड डेलीभरी पार्टनरको रुपमा सम्झौता गरिएको हो।

“रेष्टुरेन्टसम्म आउन नपाउने र व्यस्त जीवनशैलीका कारण खाना खान नपाएका ग्राहकहरुलाई घरघरमै थकाली खाना खुवाउने हाम्रो अभियान हो,” सञ्चालक लामाले बताए, “हामी बिहान ९ बजेदेखि राती ११ बजेसम्म डेलिभरी सेवा उपलब्ध गराउँछौं।”

रेष्टुरेन्टमै खाना खान चाहने ग्राहकका लागि पनि बिहान ९ बजेदेखिनै खाना तयार हुने जानकारी दिँदै, उनले मेलुङ थकालीलाई ब्रेकफास्टका लागि पनि उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य रहेको उल्लेख गरे। रेष्टुरेन्ट बिहान ८ बजेदेखि खुला हुने व्यवस्था गरिएको छ।

विशेषतः दोलखाबाट ल्याइने स्थानीय उत्पादन प्रयोग गरेर तयार गरिने मेलुङ थकालीका परिकारमा माछा, बासमती चामल, गुन्द्रुक, भटमास, टिमुर, जिम्बु, बेसारजस्ता सामग्रीको विशेष प्रयोग हुने सञ्चालक लामाले जानकारी दिए।

२५० जनासम्म अटाउने क्षमता भएको यस रेष्टुरेन्टमा ३० भन्दा बढी गाडी पार्किङ गर्न मिल्ने सुविधा पनि छ। बालुवाटार क्षेत्रका अन्य रेष्टुरेन्टको तुलनामा यो सबैभन्दा ठूलो पार्किङ स्पेस भएको उनले दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय