पाख्रीबास, जेठ : पाख्रीबास नगरपालिकामा “जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम” अन्तर्गत वडास्तरमा दाँतचेकजाँच शिविर सञ्चालन भइरहेको छ। यसै क्रममा सोमबार नगरपालिकाको वडा नम्बर ९ र १० मा ३१ जना जेष्ठनागरिकको दाँत परीक्षण तथा नाप लिने कार्य सम्पन्न भएको वडा अध्यक्ष सम्झना आलेले जानकारी दिनुभयो।
शिविरमा वडा नम्बर ९ र १० का १२ जना जेष्ठ नागरिकको ‘सेट दाँत‘ का लागि चेकजाँच गरी नाप लिइएको छ भनेअन्य उपस्थित जेष्ठ नागरिकहरूको दाँत उखेल्ने र खुद्रा दाँतका लागि नाप लिने कार्य सम्पन्न भएको शिविरमासहभागी स्वास्थ्यकर्मीले बताउनुभयो।

शिविरमा दाँत परीक्षण गरी नाप लिइएका जेष्ठ नागरिकहरूलाई १५ दिनभित्र नगरपालिकामा विशेष कार्यक्रमआयोजना गरी दाँत लगाइदिने आयोजकले जनाएको छ।
यो शिविर पाख्रीबास नगरपालिका र पूर्वाञ्चल डेन्टल हस्पिटल इटहरीको संयुक्त आयोजनामा सञ्चालन भएकोहो। यस कार्यक्रमले जेष्ठ नागरिकहरूलाई दन्त स्वास्थ्य सेवामा पहुँच पुर्याउनुका साथै उनीहरूको जीवनस्तरसुधार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।












