धनकुटा, सहिदभूमि – सहिदभूमि गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा पशु शाखामार्फत विभिन्न पशुपालन प्रवर्द्धन तथा अनुदान कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ।

गाउँपालिकाले व्यावसायिक फर्म प्रवर्द्धन तथा गोठ सुधार कार्यक्रम अन्तर्गत ५० प्रतिशत लगत साझेदारीमा ८ वटा आधुनिक बाख्रा खोर निर्माण गरेको छ। उक्त निर्माणमा ८ लाख रुपैयाँ बराबरको लगानी गरिएको पशु शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिनुभयो।

यसैगरी, वंगुर पालन व्यवसाय प्रवर्द्धनका लागि रिङ्गतुप्खा ठिगुम हाङ्गमा रहेको कृषि तथा पशुपालन कृषक समूह र कन्या देवी कृषि तथा पशुपन्छी कृषक समूहलाई ३ लाख रुपैयाँको वंगुर कार्यक्रम सञ्चालन गरिएको छ।

लम्पी स्किन रोगविरुद्ध पालिका र प्रदेश सरकारको साझेदारीमा ३ लाख रुपैयाँको राष्ट्रिय खोप कार्यक्रम सञ्चालन गरिएको छ। त्यस्तै, खाेरेत र पिपिआर सम्बन्धी रोग नियन्त्रणका लागि १ लाख ५० हजार रुपैयाँ बराबरको कार्यक्रम पनि सञ्चालन गरिएको छ।

व्यवसायिक किसानलाई लक्षित गर्दै १९ सय ५० केजी हिउँदे घाँसको बीउ २०० घरधुरीमा वितरण गरिएको छ। साथै, ७ वटा वडामा ४ लाख ५० हजार रुपैयाँ बराबरको निःशुल्क पशु स्वास्थ्य शिविर तथा माहारीजन्य रोग रोकथाम कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। रेबिज नियन्त्रणका लागि ३ लाख रुपैयाँ बराबरको खोप शिविर पनि सम्पन्न गरिएको हो।

पालिकाले पशुपालन प्रवर्द्धनमा च्यापकटर मेसिन साझेदारी, वडा नं १ र ६ मा ३ दिने स्थलगत बाख्रा तथा वंगुर पालन तालिम, र ४ जना कृषकलाई इनरुवा पठाई ५० हजार रुपैयाँको तालिम कार्यक्रम पनि सञ्चालन गरेको छ।

कृत्रिम गर्भाधान, माछाका भुरा वितरण तथा ग्रासकार्फ कार्यक्रममार्फत ४४ घरधुरी कृषकलाई ५० हजार रुपैयाँ बराबरको सहयोग गरिएको हो।

प्रदेश सरकारको सशर्त बाख्रापालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत लगत साझेदारीमा ५ वटा कृषक समूहलाई प्रति समूह ६ लाख रुपैयाँ दरले अनुदान वितरण गरिएको छ। जसमा संयुक्त कृषि पशुपन्छी समूह (वडा ६), हिमायती कृषि समूह (वडा ४), श्री जनसेवा समूह (वडा ३), श्री डम्फे समूह (वडा ६) गरी कूल ३० लाख रुपैयाँ वितरण गरिएको हो।

पशु शाखाले जानकारी दिएको अनुसार, यी कार्यक्रमहरूले गाउँपालिका भित्रका कृषकहरूको आयआर्जनमा उल्लेखनीय वृद्धि गर्न मद्दत पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय