
धनकुटा ।सहिदभुमि गााउपालिकाको वडा नं ४ खोकुले आफ्ना ७ वटा विद्यालयलाई सिकाइ सम्बन्धि विभिन्न सामाग्री वितरण गरेको छ ।
वडाले एक कार्यक्रमको आयोजना गरी विद्यालयमा बालबालिकाहरुलाई पठपाठनमा रुचि बढाउने तथा सिकाईमा सहजहुने सामाग्री वितरण गरेको हो ।
वडाले १ लाख बराबरको बालबालिकाहरुलाई सिकाईमा सहज तथा रुचि बढाउने उद्देश्यले ७ वटा विद्यालयलाई विभिन्न सामाग्री खरिद गरि वितरण गरिएको वडा अध्यक्ष भुपेन्द्र राईले जानकारी दिनु भएको छ ।