धनकुटा असार २३ ,

सहिदभुमि गाउपालिका धनकुटाले ९ जना दलित विद्यार्थिलाई ७२ हजार बराबरको छात्रावृद्धि प्रदान गरेको छ । गाँउपालिकाको दलित कार्यक्रम अन्तरगत एक कार्यक्रमका बिच स्नातक सो भन्दा माथि अध्ययनरत ९ जना विद्यार्थीलाई जनही ८/८ हजारका दरले छात्रावृत्ति प्रदान प्रदान गरेको हो ।

जस अनुसार छात्रवृत्ति पाउने विद्यार्थीहरुमा अरुण अछामी सहिदभूमि २,विपन विक सहिदभूमि ४ ,सीमा विक सहिदभूमि १ , विनिता विश्वकर्मा सहिदभूमि ५ ,धन बहादुर महारा सहिदभूमि ७ , सम्झना मग्राती सहिदभूमि ३ , शुस्मा मग्राती सहिदभूमि ३ ,लक्ष्मी शाहासंकर सहिदभूमि ३ ,कमल बहादुर विक सहिदभूमि २ रहेका छन् । उनिहरुलाई आर्थिक वर्ष २०७८ ।७९ मा विनियोजित दलित शिर्षक अन्तरगत स्नातक सो भन्दा माथि अध्ययनरत विद्यार्थीहरुलाई शिक्षा युवा तथा खेलकुद शाखामा पेश भएका आवेदनहरुको चेक जाच गरी दलित समुदायका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहान गर्न गाँउपालिकाले छात्रावृद्धि वितरण गरेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उमेश राईले बताउनु भयो ।

कार्यक्रममा बोल्नु हुदै गाँउपालिका अध्यक्ष मनोज राईले पालिका भित्रका दलित समुदायका विद्यर्थीहरुलाई पढ्दापढ्दै बीचमा छोड्ने भएकाले पालिका भित्रका सबै दलित समुदायमा उच्च शिक्षाको पहुच संग जोडनका लागि प्रोत्साहान स्वरुप छात्रावृद्धि प्रदान गर्दे आइरहेको बताउनु भयो । शिक्षा बिना जीवन अन्धकार हुन्छ, समाज रुपान्तरणका लागि शिक्षा नै आवाश्यक भएकाले गाँउपालिकाले शिक्षा क्षेत्रको विकास गर्न साथै सबैलाई उच्च शिक्षा हासील गर्न प्रेरणा तथा प्रोत्साहान दिन का लागि अध्यक्ष राईले यस्ता कार्यक्रमलाई जोड दिईरहेको बताउनु भयो । कार्यक्रममा गााउपालिका उपाध्यक्ष रत्नश्वरी राई , प्रशासकिय प्रमुख लोचन प्रसाद दाहाल र कर्मचारी तथा शिक्षा प्रमी वुद्धिजिवि समाजसेविहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय