शनिवार दिउँसो १२ बजे अध्यक्ष केपी शर्मा ओलीले ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गरेर वडा अधिवेशन उद्घाटन गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।भर्चुअल माध्यममा सहभागी हुन देशैभर अनलाइन लिंक पठाइएको छ । अनलाइन लिंक पार्टीको फेसबूक पेजमा समेत उपलब्ध रहेको जनाइएको छ ।

एमालेले पार्टीको एप समेत सञ्चालनमा ल्याएको छ । प्लेस्टोरमा सीपीएन यूएमएल खोजेर एप डाउनलोड गरी आफ्नो विवरण भरेर प्रयोग गर्न सकिने एमालेले जनाएको छ । हालै ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न विधान महाधिवेशनले एमाले महाधिवेशनको कार्यतालिका तय गरेको थियो। एमालेले सबै पालिका अधिवेशन कात्तिक ९ गते गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय