
धनकुटा ।
नेकपा एमाले सहिदभूमि गाउँ कमिटीको अध्यक्षमा मातृका राई चयन भएका छन् ।
दोस्रो ऐतिहासिक अधिवेशनमार्फत मातृका राईको नेतृत्वमा ६३ सदस्य नेकपा एमाले सहिदभुमी गाउँ पालिका कमिटी र मोहन छिलिङ राईको अध्यक्षतामा लेखा समिति चयन गरिएको छ ।
शुक्रबार सम्पन्न सो अधिवेसनबाट उपाध्यक्षमा हेमकुमार राई, सचिव बलिन्द्रमान राई र उपसचिवद्धय होमनाथ राई र निर्मला राई चयन भएका छन् । त्यस्तै लेखा समितिमा मोहन छिलिङ राईको अध्यक्षतामा उपाध्यक्ष किसान राई, सचिवमा भुपाल भण्डारी र सदस्यहरुमा डेनी राई, डम्बरकुमारी राई, फुलकुमारी विक चयन भएका छन् ।
बिहीबार भएको उद्घाटन सत्रको नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री राजेन्द्र कुमार राईले गरेका थिए । बन्द सत्र भने शुक्रबार मात्रै सकिएको थियो ।