धनकुटा ,
नेकपा एमाले सागुरिगढी गाँउकमिटी को आयोजनामा शुभकामना आदान प्रदान तथा, नेपाल किसान महासंघ र अनेरास्ववियु गाउ कमिटी गठन गरिएको छ ।

विभिन्न गाँउ कमिटी गठन तथा नेपालीहरुको चाड दशै तिहार ,छठ ,नेपाल सम्वत लगायत चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रम गाउ कमिटी पार्टी अध्यक्ष बालकृष्ण राईको अध्यक्षता तथा प्रदेश संसद निरन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा सुक्र बहादुर फत्र लिम्बूको अध्यक्षतामा ३९ सदस्य किसान महासंघ गठन गरिएको पार्टीका गाँउकमिटी सचिव पूर्ण खजुमले जानकारीदिनु भएको छ ।


त्यस्तै विशाल ईवाहाङ लिम्बूको अध्यक्षतामा ४५ सदस्य अनेरास्ववियु गाउ कमिटी गठन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि ,अतिथ लगायत पार्टीका पदाधीकारीहरुले नवगठित गाँउ कमिटीका पदाधीकारीहरुलाई कार्यसफलताको शुभकामना दिनुहुदै आउदै गरेको नेपालीहरुका  बिजया दशमि तथा तिहार लगायत चाडपर्वको शुभकामना ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य पार्टीका गाँउकमिटी ईन्र्चाज देबमान राईले राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय