अछाममा जन्ती बोकेको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।  १४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका–२ का १४ वर्षीय जीवन न्यौपाने र १८ वर्षका सर्प बोहरा, सोही नगरपालिका– ३ का १७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली छन् ।

आइतबार राति जन्ती गएर फर्किएको बोलेरो जीप जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति ११ बजेतिर से १ च १७६३ नम्बरको जीप दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् ।

दुर्घटनामा पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपानेको घटनास्थलमै मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी तुलसीराम अर्यालले जानकारी दिए । यस्तै पञ्चदेवल विनायक(२ का १८ वर्षीयका सर्प बोहरा र १७ वर्षीय हिमाल नेपाली तथा पञ्चदेवल वडा नम्बर ३ का १८ वर्षीय जीवन जैसीको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको डीएसपी अर्यालले बताए । घाइते १४ जनामध्ये अधिकांशको जिल्ला अस्पताल अछाममा उपचार भरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय