USA- विश्वभर दीपावली पर्व हर्षोल्लासका साथ मनाइँदै गर्दा अमेरिकामा पनि भारतीय समुदायले विभिन्न कार्यक्रम आयोजना गरी दीपावली मनाइरहेका छन्। तर अमेरिकाको सिएटलमा आयोजित दीपावली उत्सवका क्रममा केही व्यक्तिले विरोध प्रदर्शन गर्दै हंगामा गरेपछि कार्यक्रमस्थलमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।

सिएटलमा हंगामा गर्ने व्यक्तिहरू अमेरिकी दक्षिणपन्थी राजनीतिक कार्यकर्ता जेक ल्याङ (Jake Lang) र उनको समूहका प्रदर्शनकारी रहेको बताइएको छ। उनीहरूले प्रदर्शनका क्रममा बोकेका प्लेकार्डमा “सबै डट हेड्स (भारतीयहरू) लाई देशबाट निकाल” भन्ने आपत्तिजनक नारा लेखिएको थियो।

कार्यक्रममा सहभागी केही व्यक्तिले जेक ल्याङलाई रोक्ने प्रयाससमेत गरेका थिए। घटनापछि ल्याङले सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) मा प्रदर्शनका तस्बिरहरू सार्वजनिक गरेका थिए।

उनले आफ्नो पोस्टमा हिन्दू समुदायप्रति अपमानजनक तथा घृणास्पद भाषा प्रयोग गरेका थिए। टेक्सास राज्यलाई डेमोक्रेटिक पार्टीको प्रभावमा पारेर ‘ब्लु स्टेट’ बनाउन हिन्दूहरू जिम्मेवार रहेको आरोपसमेत उनले लगाएका थिए। साथै, उनले भारतीयहरूलाई अमेरिकाबाट निष्कासन गर्नुपर्ने लगायतका आपत्तिजनक अभिव्यक्ति दिएका थिए।

‘डट हेड्स’ शब्दको अर्थ के हो?

अमेरिकामा ‘डट हेड्स’ भन्ने शब्द भारतीय मूलका मानिसहरूलाई होच्याउन र अपमान गर्न प्रयोग गरिने नस्लीय गाली हो।

विशेषगरी हिन्दू समुदायका मानिसहरूले धार्मिक तथा सांस्कृतिक अवसरमा निधारमा टीका वा बिन्दी लगाउने परम्परालाई आधार बनाएर ‘डट’ अर्थात् थोप्लो र ‘हेड’ अर्थात् टाउको जोडेर यस्तो शब्द प्रयोग गरिएको हो। अमेरिकामा यसलाई भारतीय मूलका मानिसहरूमाथि गरिने अपमानजनक सम्बोधनका रूपमा लिइन्छ।

प्रमिला जयपालद्वारा घटनाको निन्दा

यस घटनाप्रति अमेरिकी कांग्रेसकी सदस्य प्रमिला जयपालसहित अन्य प्रमुख भारतीय-अमेरिकी व्यक्तित्वहरूले कडा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै जयपालले घटनाप्रति गहिरो आक्रोश व्यक्त गरेकी छन्। उनले यसलाई नस्लवादी व्यवहार भन्दै भारतीय-अमेरिकी समुदायलाई कुनै डर वा त्रासबिना आफ्नो धार्मिक तथा सांस्कृतिक पर्व मनाउने अधिकार रहेको बताएकी छन्।

उनले दीपावली आफ्नो समुदायका लागि महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै यस्तो घटनाबाट आफू निकै दुःखी र आहत भएको बताएकी छन्।

त्यसैगरी, भारतीय-अमेरिकी व्यवसायी अजय जैन भुटोरियाले पनि घटनाको कडा शब्दमा निन्दा गरेका छन्।

News source- CNN

यसैबीच, भारतभित्र पनि विभिन्न स्थानमा क्रिश्चियन समुदायमाथि भएका भनिएका दुर्व्यवहार र अत्याचारका घटनालाई लिएर सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया र बहस भइरहेको छ। धार्मिक स्वतन्त्रता, सहिष्णुता र अल्पसंख्यक समुदायको सुरक्षाको विषयमा विभिन्न पक्षबाट आवाज उठिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय