धनराज लामा
तेमाल पारी हरियाली रोशी भेक
रोशी र म्हाभर भुमेचुली लेक
तेमाल महाभारत वारि र पारी
उहिले देखि चली राछ यसै गरि
भुमेचुलिबाट देखिने चालिसे लेक
अत्ति सुन्दर बस्ती मेरो म्हाभर भेक।।

जन्मिए यसै ठाउँमा मजुवा गाउमा
यत्ती सुन्दर बस्ती छोडी कहाँ जाउ म
जन्मे देखि नै अत्ति खुशी जमेको छ
आफ्नै गाउँमा जसो तसो रमेको छ
भुमेचुलिबाट देखीने सिन्धुली झुरे लेक
साह्रै हरियाली ठाउँ मेरो म्हाभर भेक।।

पहिलेको कुरा अहिले त कहानी भयो
जस्तै दु:ख भए पनि सहनी नै भयो
सबै भन्दा पहिले यहाँ लघु विद्युत आयो
जहाँ सिङ्गो बुढाखानी उज्यालो भयो
भुमेचुलिबाट देखिने रामेछाप लेक
खोजेर नपाईने मेरो म्हाभर भेक।।

उहिले त जाबो धान लिन पनि तेल्ने जानू पर्ने
कोहि कोहि त गर्मीले गर्दा उतै तिर नै मर्ने
अहिले त सब चल्छन मात्रै पैसाको भरमा
पैसा भए पुर्याई दिन्छन आफ्नै घर घरमा
भुमेचुलिबाट देखिने दोलखा सैलुङ लेक
बिकासित हुदै छनी अब मेरो म्हाभर भेक।।

जहाँ सुकै टार नै टार बाकि मात्रै बन्नलाई सहर
म्हाभर भेक घुम्नलाई प्रायलाई लाग्छ रेनि रहर
माथी माथी लेक छ तल तल पर्छ बेशी नै बेशी
चाहिन्न अब तराई यहि धान फल्ने भएसी
भुमेचुलिबाट देखिने तेमाल डाडा सिन्धन लेक
गुम्न जाउ भन्छन प्राय सबैले मेरो म्हाभर भेक।।

सिमाल्टार फोक्सिङ्टार महादेवटार अग्रेटार
काभ्रे रोशि तेमाल र म्हाभर सबै माया बराबर
पर्यटकको आगमनलाई अझ बढाउने सोच मेरो
तेमाल म्हाभर दुबै ठाउँको ईतिहासको खोज मेरो
भुमेचुलिबाट देखिने तेमाल नारायणस्थान लेक
स्वर्ग भन्दा कम्तिको चाहि छैन मेरो म्हाभर भेक।।
तेमाल गाउपालिका
काभ्रे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय