काठमाडौं,
पुस २९ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘तिम्रो मेरो साथ’ले देश दौडाहा थालेको छ । मंगलबार पर्यटकीय नगरी पोखरादेखि फिल्मले प्रचारप्रसार थालेको हो ।

निर्देशक रमेश एमके पौडेलका अनुसार पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ । फिल्मको टिजर, गीत र ट्रेलरबाट मिलेको प्रतिक्रियाले आफ्नो टीम उत्साहित भएकोे निर्देशक पौडेलले सुनाए । फिल्मलाई पोखरेली दर्शकले साथ दिएकोप्रति अभिनेत्री साम्राज्ञी शाहले खुशि व्यक्त गरिन् ।

मोफसलका अन्य शहरमा पनि यस्तै न्यानो साथ र स्वागतको अपेक्षा राखेको अभिनेता पुष्प खड्काले बताए । सविर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसी, इमिलीको अभिनय छ । सविर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको फिल्ममा शिव ढकालको छायांकन, सुवाष भुषालरयोगेशकाजीको संगीत, रामजी लामिछानेको नृत्य र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

पुष २९ देखि देशव्यापी प्रदर्शनमा आउने फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी छ । सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय